गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी भएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने तरिकाले अघि बढेको विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहले बताए । विमानस्थल व्यवस्थापनले आगामी तालिकादेखि उडान संख्या बढाउने साहले बताए । ‘हामी गर्मी यामको तालिकादेखि उडान संख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ,’उनले भने ।
