SHARE
अन्नपूर्ण · शनिबार १० साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

विद्यालयको छत भत्किएर विद्यार्थीको मृत्यु भएपछि पाँचजना शिक्षक निलम्बित

एज‍ेन्सी : भारतको राजस्थानमा विद्यालयको भवन भत्किदा तीन बालबालिकाको मृत्यु भएको छ। राजस्थानको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी नजिकै एक सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको हो भने कम्तिमा ३० जना घाइते भएका छन्। राजस्थानका शिक्षामन्त्री मदन दिलावरले तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्।यस विषयमा शिक्षा विभागले पाँचजना शिक्षकलाई निलम्बन गरेको छ। जिल्ला शिक्षा अधिकारी नरसिंह मीनाले शिक्षकलाई कारबाही गर्ने निर्णय गरेका हुन्।