एशियन होटेलले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
एशियन होटेल लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ २० गते आवेदन दिएको हो। कम्पनीले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
