कारागारमा रहेका प्रतिवादी छुटाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ
प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका मण्डिखाटार स्थित हलेसी महादेव मार्ग भित्र बस्ने वर्ष ४५ का हरि बहादुर थापा मगर र सोहि स्थानकी वर्ष ३७ की मिठु मगर भन्ने अनिता थापा मगर रहेका छन् ।
