हाजिरी जमानीमा रिहा भए काठमाडौँका पूर्वसीडीओ रिजाल
आजै बिहान पक्राउ परेका काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्। उनलाई जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो। अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
