प्रतिनिधि सभाको पहिलो दिन : तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन
प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेस गर्नेसहित संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ । निर्वाचनपछि बस्न लागेको सभाको पहिलो बैठकका लागि सचिवालयले कार्यसूची पहिचान गरिसकेको संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बताएका हुन् ।
