एमआरपी कार्यान्वयनमा देखिएको समस्या सम्बन्धी उद्योगमन्त्रीको उपस्थितिमा व्यवसायी र चेम्बरबीच छलफल
७ साउन, काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मुल्य एमआरपी कार्यान्व्यनमा देखिएको समस्याबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितीमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरुसंग वृहत अन्तरक्रिया गरेको छ । एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता एवं पर्याप्त जनचेतना नहु“दा आम उपभोक्तामा परेको असरबारे चेम्बरले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
