नवनिर्वाचित सिएनआई पदाधिकारीको पूर्व प्रधानमन्त्री देउवासँग छलफल
८ साउन, काठमाडौं। नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।
