SHARE
पर्दाफास · शनिबार १४ चैत २०८२ ०२:५८ PM · 1 मिनेट पढाइ

नेपालबाट तीन करोड जोर जुत्ता विदेश निर्यात

नेपालबाट प्रत्येक वर्ष तीन करोड जोर जुत्ता विदेश निर्यात हुँदै आएको छ । जुत्ता उत्पादक सङ्घका महासचिव निर्मल भट्टराईले आज एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर भएको जानकारी दिए । ‘नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड जोरजुत्ता उत्पादन क्षमता छ । वार्षिक रूपमा तीन करोड जोरजुत्ता निर्यात हुँदै आएको छ’ उनले भने ।