SHARE
पर्दाफास · शनिबार १४ चैत २०८२ ०३:२५ PM · 1 मिनेट पढाइ

सुरक्षा जोखिम बढेपछि गौरीबहादुर कार्की निवासमा प्रहरी परिचालन, सेनाको ब्यारेकमा राख्ने तयारी

जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निवासमा नेपाल प्रहरीले विशेष सुरक्षा दिएको छ । कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । अध्यक्ष ओली पक्राउ परेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।