कर्मचारी, शिक्षक र प्राध्यापकलाई ४५ दिनभित्र दल मुक्त बनाइने
कर्मचारी, शिक्षक र प्राध्यापकलाई ४५ दिनभित्र दल मुक्त बनाइने भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधारसम्बन्धी एक सय कार्यसूचीमा निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा अन्य राष्ट्रसेवकलाई कुनै पनि दल, समूह वा स्वार्थकेन्द्रित दबाबबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गरिने उल्लेख छ।
