गेट कलेज र जापानको टोनो शहरबीच ऐतिहासिक सहकार्य सम्झौता
८ साउन, काठमाडौं। काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) र जापानको टोनो शहरबीच पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा विद्यार्थी आदानप्रदानका लागि एक ऐतिहासिक त्रिपक्षीय सहकार्य सम्झौता सम्पन्न भएको छ। ऐतिहासिक सम्झौतापछि नेपाली विद्यार्थीहरूलाई जापानमा इन्टर्नशिपको अवसर प्रदान गर्नुका साथै दुई देशबीच सांस्कृतिक आदानप्रदान र मानव संसाधन विकासमा नयाँ आयाम थप्नेछ।
