बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई ‘सर्वश्रेष्ठ वितरक’ सम्मान
९ साउन, काठमाडौं। बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (BMCV) लाई मलेसियामा सम्पन्न भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) को अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया” पुरस्कारबाट सम्मानित गरिएको छ। यो सम्मेलन सन् २०२५ जुलाई १६ देखि २० सम्म आयोजना भएको थियो।
