सेतो मच्छिन्द्रनाथ जात्राको रथ तान्न सुरु
सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ तान्न सुरु भएको छ । जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ असनतर्फ तानिँदै छ । चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने सेतो मछिन्द्रनाथको जात्रा तीन दिन मनाइन्छ । काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलनअनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ ।
