SHARE
पर्दाफास · बुधबार ११ चैत २०८२ ०१:५१ PM · 1 मिनेट पढाइ

मिथिला कला झल्काउने ‘रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिवल’ काठमाडौंमा हुँदै

मिथिला सभ्यताको समृद्ध कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित रंग मिथिला संस्थाले ‘रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिवल’ आयोजना गर्ने भएको छ। नेपाल पुलिस क्लबमा चैत १५ र १६ गते  दुई दिने महोत्सवको आयोजना हुने भएको हो । महोत्सवले मिथिला संस्कृतिका विविध पक्षहरूलाई उजागर गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।