त्रिभुवन विमानस्थलबाट २८ हजार ९ सय डलरसहित तीन नेपाली पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा डलरसहित तीन जना नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१ निवासी ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया संगिता लामा र लिसंखुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन्।
