SHARE
पर्दाफास · बिहीबार ५ चैत २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

सरकार गठनको तयारीमा जुट्यो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक तयारी र छलफल थालेका छन् । निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर फागुन २१ को चुनावको प्रतिवेदनसमेत राष्ट्रपतिकहाँ बुझाएपछि रास्वपाले आगामी चैत १४ गते गठन गर्ने गरी नयाँ सरकारको तयारी थालेको हो ।