SHARE
पर्दाफास · बिहीबार ५ चैत २०८२ ०२:५२ PM · 1 मिनेट पढाइ

सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। आज ३-अन्डर ६६ खेलेका उनले समग्रमा ३-अन्डर १ सय ३५ को स्कोरमा शुक्र बहादुर राईलाई एक स्ट्रोकले पछि पारेका हुन्।