SHARE
पर्दाफास · बिहीबार ५ चैत २०८२ ०२:५८ PM · 1 मिनेट पढाइ

बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्। बिहीबार साँझ भएको रास्वपा शीर्षनेताको छलफलमा चैत १३ मा प्रधानमन्त्रीको शपथ तय गरिएको जनाइएको छ। रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले छलफलमा सहभागी थिए।