SHARE
पर्दाफास · बिहीबार ५ चैत २०८२ ०४:११ PM · 1 मिनेट पढाइ

कम्बोडियाबाट २० नेपालीको उद्धार

कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो ।