खानेपानी, सिँचाइ बिना मधेस मरुभूमिमा रूपान्तरण हुँदैछ : जनार्दन शर्मा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले मधेस क्षेत्रमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमिकरणको खतरा बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले मधेसमा खानेपानी, सिँचाइ तथा मल आपूर्तिको व्यवस्थापन तुरुन्त गर्नुपर्ने माग गरे ।
