SHARE
लोक पथ · शुक्रबार​ ९ साउन २०८२ ०८:५६ AM · 1 मिनेट पढाइ

कुलिङ पिरियडबारे संसदीय छानबिन समितिको म्याद ७ दिन थप 

काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप गरिएको छ । आज शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले म्याद थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उनले सो प्रस्ताव स्वीकृत भएको पनि घोषणा गरेका थिए ।