SHARE
लोक पथ · शुक्रबार​ ९ साउन २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

बागमती प्रदेशका चार मन्त्रीको सामूहिक राजीनामा

काठमाडौं ।  बागमती प्रदेश सरकारका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।  राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ रहेका छन् । राजीनामा दिएका चारवटै मन्त्रीहरु नेपाली कांग्रेसका हुन् ।