SHARE
लोक पथ · शुक्रबार​ ९ साउन २०८२ ०९:४७ AM · 1 मिनेट पढाइ

काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक ५ सय जरिबाना तिर्नुपर्ने

काठमाडौं । महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरुमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिबाना गर्ने काठमाडौं महानगरपालिकाले बताएका छन् ।  हालै सम्पन्न नगर सभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो ।