विद्यादेवीको चेतावनी– ‘एमालेको अपरिपक्क निर्णयले पार्टीलाई क्षति पुग्छ’
काठमाडौं । एमालेको राजनीतिमा सक्रिय रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको हालैको निर्णयले आफूलाई दुखी तुल्याएको गुनासो गरेकी छन् । आज काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले आफ्नो सदस्यता समेत नविकरण गर्न नदिएर एमालेले आफ्नो मूल्य मान्यता भुलेको आरोप लगाइन् ।
