संविधान यथार्थपरक संशोधन हुनुपर्छ : सांसद सिटौला
काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले संविधानलाई यथार्थपरक ढंगले संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद सिटौलाले संविधान कार्यान्वयनको समग्र मूल्यांकन गरी जनताको हितअनुसार संशोधन आवश्यक रहेको बताए । उनले भने, ‘जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्छ। संविधान कार्यान्वयनको समीक्षा गरौँ र आवश्यक भए संशोधन गरौँ ।
