नयाँ जनादेशले देशलाई समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरु नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गरेकी छन् । सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
