पत्रकार सम्मेलनमा विद्यादेवी भण्डारीले के–के भनिन् ? (पूर्णपाठ)
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो वा आश्चर्य मान्नुपर्ने विषय नरहेको स्पष्ट पारेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू सधैँ राजनीतिक पृष्ठभूमिबाट आएको र राष्ट्रपतिमा निर्वाचित हुनु पनि त्यसैको निरन्तरता भएको बताइन् ।
