ज्योति विकास बैंकको १७औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले विविध कार्यक्रमसहित आफ्नो १७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले आज १७ वर्षको यात्रा पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको हो । बैंकको प्रधान कार्यालयमा आयोजित समारोहको अध्यक्षता बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका हुन् । यसै अवसरमा बैंकले नयाँ डिजिटल सेवा र सामाजिक उत्तरदायित्वका पहलहरू सार्वजनिक गरेको छ ।
