कम्युनिष्टहरू संघीयतामा विश्वास गर्दैनन् : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्ट पार्टीहरू संघीयता र लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको कार्यान्वयनका क्रममा देखिएका चुनौती समाधान गर्न संशोधन आवश्यक भएको तर्क गरे । ‘संविधान जारी भएपछि हामीले जनतालाई गरेका वाचा पुरा गर्नु जरुरी छ।
