SHARE
लोक पथ · शुक्रबार​ ९ साउन २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

भँगालबाट ‘भँगालो’ ल्याउने विद्याको संकेत– ‘म रोकिनेवाला छैन’

अहिले एमालेले विद्यादेवी भण्डारीका लागि च्यासलको ढोका बन्द जस्तै गरिदिएको छ । २ कार्यकाल राष्ट्रपति बनेर पुनः राजनीतिमा सक्रिय बन्ने भण्डारीको सपनामा थप संघर्ष थपिदिने निर्णय एमालेले गर्‍यो । एक वर्षअघि नै भइसकेको पार्टी सदस्यता नविकरण अहिले पेण्डिङमा भनियो । सक्रिय राजनीतिका लागि भण्डारी जतिजति खुल्दै गइन्, एमाले त्यतित्यति कठोर बन्दै गयो ।