साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते
काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित ‘हिल पार्क’ नजिक बिहीबार साइकल दुर्घटनामा परी १३ वर्षीय अभिषेक मण्डलको मृत्यु भएको छभने १२ वर्षीय विकास ठाकुर घाइते भएका छन् । विद्यालयबाट फर्किएपछि घुम्न गएका बालकहरू अनियन्त्रित साइकल दुर्घटनामा परेका हुन् ।
