सुख्खाग्रस्त मधेसमा ओली : हेलिकप्टरबाट अवलोकन, दिनभर उद्घाटन र भाषण
काठमाडौं । शुक्रबार बिहानै सामाजिक सञ्जालमा तराइै मधेसको खडेरीबारे भावुक स्ट्याटस लेखेर प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ लागे । आफू मधेसको समस्यादेखि चिन्तित रहेको बताएका ओलीले सुख्खाग्रस्त भूमीको हेलिकप्टरबाट अवलोकन गरे । प्रधानमन्त्री ओलीले आफू तराई मधेसका जनतासँग भेट्ने भने पनि दिनभर विभिन्न आयोजनाहरु उद्घाटनमा नै समय बिताए ।
