राप्रपाका एकमात्रै सांसद शाहीको चुनाव खर्च २० लाख ५५ हजार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यस पटकको निर्वाचनमा एकमात्रै विजयी सांसद ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। राप्रपा प्रवक्ता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य शाहीले फागुन २१ गते सम्पन्न निर्वाचनमा २० लाख ५५ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् ।
