SHARE
पर्दाफास · शुक्रबार​ २९ फागुन २०८२ ०४:३८ PM · 1 मिनेट पढाइ

काठमाडौँको इनाटोलमा एक जना मृत फेला

काठमाडौँ महानगरपालिका–१९ इनाटोलमा आज एक जना मृत अवस्थामा फेला परेका छन् । हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।