इरान आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका-७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव आज नेपाल ल्याएर अन्येष्टी गरिएको छ। नेपाली दूतावास अबुधाबीको पहलमा एयर अरेबियाको उडानमार्फत श्रेष्ठको शव नेपाल ल्याइएको हो। मृतकको शव पशुपति आर्यघाटमा आजै अत्येष्टी गरिएको भीमसेन थापा-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
