SHARE
पर्दाफास · बिहीबार २१ फागुन २०८२ ०१:४७ PM · 1 मिनेट पढाइ

नेपाल प्रहरीले भन्यो- छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण मतदान

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताएका छन् । बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरुबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताएका हुन् । उनकाअनुसार छिटपुट विवादहरू बाहेक मुलुकभर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ ।