निर्वाचनले नेपालको सुरक्षा निकाय कुनैपनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गर्यो: आईजीपी अर्याल
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा व्यवस्थापनका हिसाबले सफलताउन्मुख रहेको बताएका छन् । बिहीबार आईजीपी अर्यालले सबै सुरक्षा निकाय, गृह मन्त्रालय र सरकारको दृढ अठोटका कारण सुरक्षा व्यवस्थापन प्रभावकारी भएको बताएका हुन् ।
