नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई
नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै संयुक्त राज्य अमेरिका ले बधाई दिएको छ । अमेरिकी दूतावास नेपालले बिहीबार सम्पन्न निर्वाचनका लागि नेपाली जनता र सम्बन्धित निकायलाई बधाई दिँदै लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेको हो ।
