SHARE
पर्दाफास · बिहीबार २१ फागुन २०८२ ०३:५७ PM · 1 मिनेट पढाइ

निर्वाचन सफल भएकोमा बधाई दिदै भारतले भन्यो- नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ

भारत सरकारले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै स्वागत तथा बधाई व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको वक्तव्यमा नेपालका नागरिकहरूले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै उत्साहजनक रूपमा निर्वाचनमा सहभागिता जनाएको उल्लेख गरेका छन्।