SHARE
पर्दाफास · बिहीबार २१ फागुन २०८२ ०४:१३ PM · 1 मिनेट पढाइ

८ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी

निर्वाचन आयोगले विभिन्न ८ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भएको छ, अन्यत्र केही जिल्लामा पनि मतपेटिका ढुवानी जारी छ। शुक्रबार दिउँसो १२ बजेसम्म सबै जिल्लाको मतपेटिका सङ्कलन पूरा हुनेछ।