निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक सम्पन्न भएको भन्दै गृहमन्त्री अर्यालले दिए धन्यवाद
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान कार्य शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेका छन्। गृह मन्त्रालयले जारी गरेको धन्यवाद सन्देशमा सम्माननीय राष्ट्रपतिले दिएको निर्देशन र सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सबै पक्षको सहयोगका कारण देशभर एकै चरणमा सम्पन्न मतदान कार्य सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरिएको छ।
