SHARE
पर्दाफास · बिहीबार २१ फागुन २०८२ ०४:३८ PM · 1 मिनेट पढाइ

राष्ट्रपति र उपराष्ट्रपतिले हालेनन् भोट

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा राष्ट्रपति र उपराष्ट्रपति सहभागी भएनन् । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उनीहरुले मतदान नगरेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।