SHARE
पर्दाफास · बिहीबार २१ फागुन २०८२ ०२:५३ AM · 1 मिनेट पढाइ

रुपन्देहीमा रास्वपा उम्मेदवारमाथि आक्रमण

देशभर उत्साहका साथ प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहँदा रुपन्देही क्षेत्र नं. २ मा भने राजनीतिक तनाव बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलसहितका नेता–कार्यकर्तामाथि आक्रमण भएको हो । उम्मेदवार खरेलसहितका नेता–कार्यकर्तामाथि भएको आक्रमणको पार्टीले घोर भत्र्सना गरेको छ ।