प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ अन्तर्गत धापासीस्थित निमावि फैमालचुली मतदान केन्द्रमा मतदान गरेकी छिन्। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री कार्कीले आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। निर्वाचन आयोगका अनुसार देशभर बिहान ७ बजेदेखि मतदान सुरु भएको छ भने साँझ ५ बजेसम्म मतदान हुने व्यवस्था गरिएको छ।
