निर्वाचनमा खटिएका कर्मचारीले पाएनन् मतदान
आज प्रतिनिधिसभा निर्वाचनमा खटिएका कर्मचारीहरूले आफूले मतदान गर्न नपाएको गुनासो गरेका छन्। नियमअनुसार कर्मचारी, प्रहरी, सेना लगायत ड्युटीमा खटिएका व्यक्तिहरूले अस्थायी मतदान केन्द्रमा आफ्नो परिचयपत्र देखाएर मात्र समानुपातिक मत दिन पाउँछन्। तर केही कर्मचारीहरू, मतदान अधिकृतले मतदान गर्न रोकिएको बताउँदै गुनासो गरेका छन्।
