नेपाली निर्वाचनमा Sparrow SMS को पहल: मौन अवधिमा राजनीतिक SMS माथि कडा प्रतिबन्ध
१९ फागुन, काठमाडौँ। नेपालको अग्रणी SMS सेवा प्रदायक Sparrow SMS ले निर्वाचन आयोगले तोकेको ४८ घण्टे मौन अवधिलाई पूर्ण सम्मान गर्दै आफ्नो SMS प्रणालीमार्फत राजनीतिक प्रचार–प्रसार पूर्ण रूपमा नियन्त्रण गर्ने व्यवस्था लागू गरेको जानकारी गराउँछ। निर्वाचन अवधिमा स्वच्छ, निष्पक्ष र मर्यादित वातावरण सुनिश्चित गर्न Sparrow SMS ले विशेष Keyword Block System सञ्चालनमा ल्याएको छ।
