रास्वपा सभापति रवि लामिछानेले काठमाडौंको महाँकालचौरबाट गरे मतदान; निर्वाचनलाई भने ‘ऐतिहासिक’
२१ फागुन, काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन् । उनले आज बिहान काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।
