SHARE
पर्दाफास · मङगलबार १९ फागुन २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन

मध्यपूर्वी क्षेत्रमा उत्पन्न पछिल्लो तनावका कारण अलपत्र अवस्थामा परेका नेपाली नागरिकको विवरण संकलन र आवश्यक सहयोग तथा उद्धारका लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। यो पोर्टल युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, बहराइन, कतार, साउदी अरब लगायतका खाडी क्षेत्रका देशमा रहेका नेपाली नागरिकका लागि लक्षित गरिएको छ।