SHARE
पर्दाफास · मङगलबार १९ फागुन २०८२ ०४:०० PM · 1 मिनेट पढाइ

धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते

धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना स्थानीय बालक घाइते भएको छ । बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको दुई जना स्थानीय बालकको खुट्टाले छोएपछि उक्त बस्तु विस्फोट भएको हो ।